एक कारखानमा बिहान ग्याँस चुहिँदा नौ जनाको मृत्यु

एजेन्सी । भारतकाे पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनामा ११ जना अचेत अवस्थामा फेला परेकाे जनाइएकाे छ । स्थानीय अस्पतालमा उनीहरूकाे उपचार भइरहेकाे जनाइएकाे छ । राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ ।

एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण नदिइएकाे एनडिआरएफलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *