काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको प्रेमीको घरमा पुगेर आत्महत्या गरेकी बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका- १६ बोहराटारस्थित सुजन ढकालको घरमा अनुमा श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन् । सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्।
मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन । तर, उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि पासो लगाएको पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए । bमृतको साथमा सुसाइड नोट भेटिएको छ । सुसाइड नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् ।