एसीसी प्रिमियर कपमा वर्षाले रोकिएको खेल भोलि हुने

काठमाडौं । एसीसी प्रिमियर कपमा वर्षाले रोकिएको खेल भोलि हुने भएको छ । । वर्षाले रोकिएको  नेपाल र यूएईबीचको फाइनल खेल मंगलबारको लागि तय गरिएको छ ।

टस हारेर ब्यटिङ गरेको नेपालले २७।३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल त्यही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि शुरु हृुनेछ ।

यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले आइतबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *