इटहरी । लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष सुन्दर राई नेतृत्वको टोली नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ । उक्त पार्टीको वडा कमिटीहरु , सिंगो नगर कमिटी र अन्य पार्टीबाट समेत गरी एक हजार बढी जना नेताकार्यकर्ता पार्टीमा समाहित हुने भएका हुन् ।
पार्टी प्रवेश गराउनका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ईटहरी पुग्नुभएको छ । पछिल्ला दिनहरुमा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चल्न थालेको छ । आईतबार मात्रै कञ्चपुर बेदकोट नगरपालिकाका प्रमुख सहित करिब ५ सय जना पार्टी प्रवेश गरेका थिए ।