काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी सांसद डा. अरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग गर्नुभएको छ ।
कांग्रेस सांसद राणाले आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै त्यस्तो माग गर्नुभएको हो ।‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस्’ बैठकमा उहाँले भन्नुभयो– जनताले देखोस् ।‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’
कांग्रेस सांसद राणाले आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान धारणा व्यक्त गर्नुभयो।