नेपालीलाई २ सेट मोबाइल ल्याउन दिने सरकारको निर्णय

काठमाडौं । विदेशबाट आउने नेपालीले अब २ सेट मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले विदेशबाट आउने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘झिटिगुन्टा आदेश’ संशोधन गरी २ सेट मोबाइल ल्याउन दिने व्यवस्था गरेको हो । झिटिगुन्टा आदेश’मा अहिले विदेशबाट आउने नेपालीले १ सेट मोबाइल मात्रै ल्याउन पाउने प्रावधान छ । मन्त्रिपरिषदले त्यसलाई संशोधन गरी २ थान ल्याउन पाउने निर्णय गरेको हो ।

एमडीएमएस प्रणाली लागू गर्ने तर विदेशबाट फर्किने नेपाली नागरिकले प्रयोग गरिरहेको बाहेक थप एक थान मोबाइल ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ ।

झिटिगुन्टा आदेशमा यसअघि २ थान मोबाइल ल्याउन पाउने व्यवस्था थियो । सरकारले पुस १५ मा त्यसलाई संशोधन गरी एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन पाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *