पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो ।

इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए । तर, यसको सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो । त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ ।

गत शनिबार एक र्‍यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स ९आईएसआई० का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए ।

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *