ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने

काठमाडौं । सोसल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु।’ उनले आफू कार्यकारी प्रमुखको रूपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् । 

उनले कसलाई ट्वीटरको नयाँ सिइयो नियुक्ति गरेको हो ? त्यो भने खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us