एमाले नेता पोखरेलले दिए उजुरी

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘मेरो चरित्रहत्या भयो’ प्रेस काउन्सिल नेपालमा उजुरी दिनुभएको छ । 

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले रातो पाटी अनलाइनमा आफूविरुद्ध प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिलमा शु्क्रबार उजुरी दिनुभएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्फबाट  स्वकीय सचिव ध्रुवप्रसाद खतिवडाले काउन्सिलमा उजुरी दिनुभएको हो । 

रातो पाटीले वैशाख २८ गते  ‘निर्वाचन आयोगको गाडीमा एमाले नेता ईश्वर पोखरेलको रजाइँ, सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । एमाले नेता पोखरेलले आफूले अहिले नेकपा एमालेले वरिष्ठ उपाध्यक्षको लागि भनेर उपलब्ध गराएको बा १२ च ५२११ नम्बर गाडी चढिरहेको तर रातो पार्टी’ले सत्यतथ्य नबुझी चरित्रहत्या गर्ने उदेश्यले झुठो समाचार प्रकाशित गरेको बताउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us