भदाै ९ मा जनसांस्कृतिक महासंघकाे राष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) निकट जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले आगामी भदौ ९ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न बैठकले अध्यक्ष कृपाराम धमलाको संयोजकत्वमा ९५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा प्रस्तुत गरिएको साङ्गठनिक एवं रणनीतिक प्रतिवेदनमा कलाकारिता क्षेत्रमा थप व्यवसायिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षासहित कलाकारको हक, हित र अधिकारको संरक्षणसम्बन्धी विषयमा छलफल भएको थियो ।

बैठकले नक्कली शरणार्थीलाई विदेश पठाउने गिरोहमाथि सरकारले सुरु गरेको कारबाही प्रक्रियाको स्वागत गरेको थियो । सङ्गठनको जिल्ला तथा प्रदेशको अवस्था, सदस्यता नवीकरण, प्रतिनिधि छनोटका मापदण्ड, कलाकारले सामाजिक रुपान्तरण, उनीहरूको अधिकार संरक्षणसम्बन्धी विषयमा छलफल गरेको अध्यक्ष धमलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us