काठमाडौं। मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिक असगर अलीलाई पक्राउ गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित पूर्वपशचिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर घर भएका ३५ बर्षिय अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।