काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसी एसियाको ४ करोडमाथिको कारोबार भएको छ।
यता १३ उपसूचकहरूमध्ये इन्भेष्टमेन्ट सूचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसूचकहरू घटेको छ । आजको कारोबारमा आत्म निर्भर लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ।