काठमाडौं । शेयर बजार सोमबार पनि घटेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेर आठ महिनायताकै तल्लो विन्दुमा परेको शेयर बजार परिसूचक नेप्से आज ३।३३ अङ्कले घटेर १८१८।३१ विन्दुमा झरेको हो ।
आज २६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज आत्मनिर्भर लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।