भरत लामाको नेतृत्वमा देशव्यापी कृषि अभियान घोषणा

काठमाडौं । भरत लामाको नेतृत्वमा देशव्यापी कृषि अभियान घोषणा समाजिक सस्था मातृभूमी नेपाल तथा उत्पादनमूलक संस्था यूवा जागरण सामूहिक कृषि प्रा लि नेपालले शनिवार राजधानीमा संयुक्त प्रशिक्षण तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेको छ। सोसंगै भरत लामाको नेतृत्वमा सामुहिक जागरण युवाको सान, स्वदेशमै उत्पादन बढाउने हाम्रो महान अभियान भन्ने नाराका साथ एक सय एक युवा सहित कृषि अभियानको घोषणा गरेको छ।

समारोहमा बोल्दै दुई सस्थाका अध्यक्ष भरत लामाले कृषि पेसामा लागेकाहरुलाई कसरी एक बनाउने भन्ने उदेश्यले विगत नौ वर्षदेखि कृषिमा आधुनिकिकरण तथा उत्पादनमा आत्मनिर्भरता ल्याउनका लागि आफूले गरेका अनुसन्धान पछि अहिलेको अवस्थामा कृषिमा एकै व्यक्तिले करौडौं लगानी गर्न सक्ने अवस्था नभएका सामुहिक कृषिलाई अगडी बढाउनुपर्ने महसुस गरेको र सोही अनुरुप यो अभियानको घोषणा गरेको बताए।एक सय एक युवाहरुसहित सुरु भएको हाम्रो अभियान देशव्यापी रुपमा अगाडि बढाउने लक्ष्य रहेको छ।

जसमार्फत हामी जनशक्तीको अवाभमा बाझो रहेका जमिनहरुमा खेती गर्नका लागि सहयोग गर्ने,बिउ विजन, मल तथा आधुनिक औजारको सहयोग तथा कृषकहरुलाई प्रशिक्षण गर्दै सामुहिक कृषिमा सहयोग तथा हौसला दिनेछौं। देशभर रहेका कृषियोग्य जग्गा बा“झो रहेको र अर्कोतर्फ देशको दक्ष जनशक्ती भने विदेश पलायन हुने अवस्थामालाइ मध्यनजर गर्दै आफूले यस प्रकारको कार्यक्रम ल्याएको भरतले बताए।
संसथाका वरिष्ठ उपाध्यक्ष कविन्द्र त्रिपाठीले हतियार उठाउनु मात्र क्रान्ति नभइ कुटोकोदालो उठाउनु पनि क्रान्ति भएको भन्दै बाझोभूमीलाई उर्वरभूमीमा परिणत गर्न तथा युवालाई नेपालमै रोजगारको सिर्जना गरि कृषिमा आत्मनिर्भर बनाउनका लागि अभियानको सुरुवात गरेको बताए। नेपालमा उत्पादन हुन सक्ने वस्तुहरुलाई नेपालै उत्पादन गर्ने र विदेश पलायन हुन लागेका युवा जनशक्तिलाई केहि मात्रामा भए पनि नेपालमै केहि गर्न सक्ने वातावरण मिलाउनका लागि यो अभियान अगाडि बढाएको उनले बताए।

संस्थाकी सल्लाहकार,संरक्षक तथा जन चेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीले नितान्त सामाजिक कार्य मात्र गर्ने मातृभूमी नेपाल तथा कृषकहरुलाई उत्पादलनमा प्रोत्साहन गर्ने युवा जागरण कृषि प्रा।लि। दुई सस्थाको सहकार्यले देशका लागि युवाले केहि गर्न सक्ने वातावरण तयार गर्ने तथा सामुहिक रुपमा सामाजिक कार्य गर्दै व्यवासयिक रुपमा कृषिलाई अगाडि बढाउने उद्धेश्यले दुई सस्था मिलेर अभियानको घोषणा गरेको बताईन्।

नृत्य तथा सांगितीक प्रश्तुती सहित अघि बढेको समारोहमा कृतिमा त्रिपाठीले नेपालकी छोरी हु“ म बोलको गीतमा नृत्य प्रश्तुत गरेकी थिईन भने गायक तथा संगीतकार शिव गौतमले आफ्नो संगीत तथा स्वर तथा कविन्द्र त्रिपाठीको शब्दमा रहेको सस्थाको गीत जय किसान जय कृषि जय जय मातृभूमी बोलको गीत गाएर कार्यक्रमको माहोल तताएका थिए।

समारोहमा कालिका त्रिपाठी, माया चापागाई लगायतले कविता प्रश्तुत गरेका थिए। त्यस्तै संस्थाको अध्यक्ष भरत लामाको परिकल्पना भने कलाकार एवम वरिष्ठ उपाध्यक्ष कविन्द्र त्रिपाठीको लेखनमा जन चेतनामूलक नाटक औसीको यात्रा मञ्चन गरिएको थियो जस्मा कविन्द्र त्रिापठी, मुना निरौला त्रिपाठी, कृतिमा त्रिपाठी, श्यामसुन्दर त्रिपाठी यम बहादुर क्षेत्री, राम बहादुर खत्री, नविना तामाङ, तथा आयुष ढुंगानाको अभिनय रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us