ए डिभिजन लिगमा विभागीय डबीमा नेपाल पुलिस क्लब विजयी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय डबीमा नेपाल पुलिस क्लबले विजयी भएको छ । च्यासल मैदानमा आज भएको खेलमा पुलिसले अर्को विभागीय क्लब एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल ६१ औं मिनेटमा आएको थियो । जितपछि पुलिसले १८ खेलबाट २२ अंक बनाएको छ भने एपीएफको पनि समान खेलबाट २२ अंक छ । आजको जितसँगै पुलिसले रेलिगेसन क्षेत्र तत्काललाई छाडेको छ । यस्तै, थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेलेका छन् । यस बराबरीसँगै थ्री स्टारले १८ खेलमा २६ अंक जोडेको छ । थ्री स्टार चौंथो स्थानमा रहेको छ । आर्मीले १८ खेलमा २५ अंक जोडेको छ । आर्मी छैटौं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *