काठमाडौं । टीकापुर हिंसात्मक घटनाका दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैद गर्ने फैसला नै सदर गरेको छ।२०७२ साल भदौ ७ गते टीकापुरमा थारुहट आन्दोलकारीको बर्बतापूर्ण आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपानेसहितका ६ प्रहरी र नाबालक गरी ७ जनाको हत्या भएको थियो । घटना छानविन गर्न बनेको उच्च स्तरीय समितिले त्यसमा चौधरीलाई दोषी ठहर गरी मुद्धा चलाएको हो । टीकापुर हिंसात्मक घटना मुद्धामा कैलाली जिल्ला अदाल र उच्च अदालत दिपायलले चौधरीसहितका ८ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
त्यसलाई पुनर्विचार गर्न परेको मुद्धामा सर्वोच्चले उच्च अदालतकै फैसला सदर गरेको हो । साधक जाँचका लागि सर्वोच्च पुगेको मुद्दाम अन्तिम सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशम चौधरीलाई गरेको सजायलाई सदर गरेको हो।
उच्च अदालत दिपायलले जन्मकैद गरेका १० जना मध्ये तीन जनाको हकमा भने सर्वोच्चले फैसला उल्टाएको छ। सात जनाको रेशमसहित सात जनाको सजाय सदर भएको सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ।
हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय सर्वोच्च अदालतले घटाएको छ । सर्वोच्चले उच्च अदालत दिपालयको फैसला संसोधन गर्दै पाँच वर्षको जेल सजायलाई ३ वर्षमा झारेको हो ।