काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पार्नुभएको छ ।
शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उहाँले व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर निर्धारण हुने बताउनुभयो । उहाँले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमान्दार भएर काम गर्नेपनि बताउनु भयो । बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम गने समेत बताउनुभयो ।
अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताउनु भयो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताउनुभयो । उहाँले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो ।