तातोपानी नाकाबाट नेपाल भित्रियो युरिया मल

सबिना ज्ञवाली/काठमाडौं । उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ ।  सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको हो । 

तीन हजार पाँच सय टन मल नेपाल भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिनुभयो । भित्रिएको मलको परीक्षण तथा आवश्यक प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह  गरकाे छ । 

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा मल तातोपानी भन्सारमा भित्रने छ । यस अघि पनि सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो ।

खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us