काभा महिला च्यालेन्ज कप भलिबलमा भारत र उज्वेकिस्तानको विजयी सुरुवात

काठमाडौं । काठमाडौंमा सोमबारदेखि शुरु भएको काभा महिला च्यालेन्ज कप भलिबलमा भारत र उज्वेकिस्तानले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबारको दोस्रो खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

भारतले बंगलादेशलाई पहिलो सेट २५–३, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–६ ले हराएको थियो । यसअघि आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले पनि श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै विजयी शुरुवात गरेको थियो । उज्वेकिस्तानले पहिलो सेट २७–२५ ले जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *