कांग्रेस आलोचनाबाट नडराउने

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । 

सभापति देउवाकाअनुसार उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट डराउदैन । 

‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन,  कांग्रेसले डराउदैन पनि’ उनले भने, कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले।’

नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक रहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us