काठमाडाैं । महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडको मूल्य वृद्धि भएको छ । करिब ६ महिनादेखि प्याडको मूल्यमा वृद्धि भएको सेनिटरी प्याडका बिक्रेताहरुले बताएका हुन् । आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेपछि तयारी प्याड आयात गरिएको भएपनि छुट अनुभव गर्न नपाएको उपभोक्ताको गुनासो छ ।
सरकारको नीति अनुसार उपभोक्ताले सस्तो मूल्यमै प्याड खरिद गर्न पाउनु पर्थ्याे । तर सरकारको नीति आयात गर्दा छुट दिनेमा मात्रै सीमित हुँदा छुट नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।
पहिला प्रतिप्याकेट ६० रुपैयाँमा पाइने सोफीको मूल्य अहिले ६५ रुपैयाँ पुगेको र ‘सोफीकै एन्टी ब्याक्टेरियल पहिला ९५ रुपैयाँमा पाइने अहिले १०७ रुपैयाँ पुगेको छ भने बर्सेनी जस्तै यस वर्ष पनि हरेक सेनिटरी प्याडको मूल्य बढेको बिक्रेताहरुको भनाइ छ ।
‘७० रुपैयाँमा पाइने ह्विस्परको मूल्य अहिले ७८ पुगेको र प्रतिप्याकेट १४५ रुपैयाँमा बिक्री भइरहेको स्टेफ्री अल नाइटको मूल्य १५२ रुपैयाँ पुगेको र पहिला ६५ रुपैयाँमा पाइने प्याडिलक्सको मूल्य पनि ७० रुपैयाँ पुगेको छ । स्टेफ्री नर्मल ६० रुपैयाँबाट ६५ रुपैयाँमा बिक्री गर्नु परेकोे थोक बिक्रेताहरु बताउँछन् ।