काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
साथै यसअघि ११ बजे बस्ने माथिल्लो सदन र तल्लो सदनको संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संसाधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ ।
उक्त प्रस्ताव संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।
सो मस्यौदा प्रतिवेदन माथि प्राप्त संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरेपछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।