बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि

काठमाडौं । बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।  शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २–१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो । यससँगै म्युनिखले लगातार ११औं पटक उपाधि हासिल गरेको हो । 

डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले हार या  बराबरीमा रोकिनु पर्ने अवस्था थियो तर डर्टमुन्ड आफू रोकिँदा बार्यनले बाजी मारेर उपाधिमा जीत हासिल गरेको हो । 

दुवै टिमले लिगको अन्तिम खेल ३४ मा समान ७१ अङ्क बनाए पनि गोल अन्तरमा शीर्ष स्थानमा रहँदै लगातार ११औं पटक बार्यन म्युनिख च्याम्पियन बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us