दुई करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ

काठमाडौं । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो ।

पर्सा बहादुरमाई गाउँपालिका-२ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us