रेशम चौधरी जेलमुक्त

काठमाडाैं । आज जेलमुक्त हुनु भएका पूर्वसांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने बताउनुभएकाे छ ।

डिल्लीबजार कारागारबाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभएकाे हाे । चाैधरी आज बिहान रिहा हुनुभएकाे हाे ।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुदैँ गर्दै उहाँले भन्नुभयाे, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उहाँले भन्नुभयाे, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *