जितका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गर्‍यो ।दीपेन्द्रसिंह ऐरीले बनाएको ५४ रन सहित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी २० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए । यसबाहेक आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us