आज १५.९४ अङ्कले घट्यो शेयर बजार

काठमाडौं। शेयर बजार आज सोमवार १५.९४ अङ्कले घटेर २४९७.४७ विन्दुमा झरेको छ । हिजो आइतवार पनि झन्डै ३१ अङ्कले घटेको थियो।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us