देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ४० जनाको नमूना परीक्षण गर्दा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बिहीबार ४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *