प्रतिगमनलाई परास्त गर्न लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : माधवकुमार नेपाल

माेरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनलाई परास्त गर्न लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज (साेमवार) सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिगमन परास्त गर्न पनि लोकतन्त्रवादी शक्ति गठबन्धन गर्नुकाे विकल्प नभएकाे बताउनुभएकाे हाे ।

उहाँले विगत सरकारले प्रतिगमन निम्त्याएको र अहंकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाउनुभयो ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा(एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us