भारतको ओडिशामा भएको रेल दुर्घटनामा सयौँको मृत्यु

एजेन्सी। भारतको ओडिशामा भएको रेल दुर्घटनामा अहिलेसम्म २३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । ट्रेनको उद्धारमा सेना पनि सामेल भएको शनिबार बिहान खुलासा भएको थियो ।

मृतकको संख्या लगातार बढिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको ओडिशाको बालासोरको बहानागा बजार स्टेशन नजिकै भएको दुर्घटनाले हृदय विदारक बनाएको छ । दुर्घटनाको खबर शुक्रबार साँझ बाहिर आएको थियाे । तीनवटा रेल  एकआपसमा ठक्कर खाएर दुर्घटना भएकाे बताइएकाे छ ।

दुर्घटनाका जो तस्बिर बाहिर आएका छन् । ती डरलाग्दो छन्, मृतकको संख्या सय नाघ्ने आशंका गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us