गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ सल्लाघारीस्थित हनुमन्ते पुल नजिक गाडीबाट महिला खसेकी हुन् । राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा २१च ५३०१ नम्बर को गाडी गुडिरहेको अवस्थामा त्यसमा सवार महिलाको खसेर मृत्यु भएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभएको छ ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  करिब ४३ वर्षीया महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

गाडी चालक ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे भुम्लु गाउँपालिका ३ का सूर्यबहादुरलाई जगाती वृतमा मा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *