काठमाडौं। लिभिङ टुगेदरमा जोडीबीच मनमुटाव र झगडा हुँदा युवतीको ज्यान गएको छ । युवतीसँगै बस्ने युवक हत्या आरोपमा पक्राउ परेका छन् ।
काठमाडौं–२६, ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी जेनिशा तामाङको मनमुटाव र झगडाको कारण मृत्यु भएको हो । जेनिशाको मृत्युपछि उनीसँगै बस्ने धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ परेका छन्
काठमाडौं प्रहरीका अनुसार ठमेलको एउटा रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । ो उनीहरुबीच मंगलबार दिउँसो झगडा भएको थियो ।
‘मादक पदार्थ सेवन गरेपछि भएको झगडामा उनीहरुबीच आपसमा मुड्की, लात्ती हानाहान भएको थियो । जथाभावी हानहानमा घाइते भएपछि जेनिशालाई अमर ले नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगे । तर जेनिशा बचिनन् । उनलाई चिकित्सकहरुले ७ बजेतिर मृत्यु भएको घोषणा गरे ।