कोशी प्रदेश नामकरणपछि उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन

विराटनगर। कोशी प्रदेश नामकरणपछि उत्पन्न विवाद समाधान गर्न प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै केही समूहले त्यसमा असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्दै आएका छन् । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदर्शनकाारीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गर्दै आउनुभएको छ । 

विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा  वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो । प्रदेश सरकारले बुधबार प्रदर्शनकारीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य समिति बनाएको हो । 

टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us