काठमाडाैं । तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता बिहीवारबाट आयोजना हुने भएको छ । राजधानीमा बुधवार आयोजक नेपाल योग खेलकुद संघले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीवारबाट दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एशियाका देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पाकिस्तान आन्तरिक कारण उपस्थित नहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।
यस्तै, दोस्रो दिन माउन्ट एभेरेष्ट योग फेस्टिभल्स च्याम्पियनसिप हुनेछ । यस च्याम्पियसिपमा पाँचै महादेशका योग खेलाडीहरुले सहभागिता जनाउने नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा.सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनकै दिन दक्षिण एशियाली प्रतियोगिता सञ्चालन हुनेछ भने २६ गते दुवै प्रतियोगिता आयोजना हुने ।