एजेन्सी । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् ।
चालकको लापरबाहीका कारण सयद जिल्लामा भएको दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पु¥याइएको छ ।
त्यस्तै, बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।