काठमाडौं । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका नेपालगन्जलगायतका क्षेत्रमा तातो हावा चल्दै आएको छ।
नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४१ दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको छ। नेपालगन्जको तापक्रम बिहीबार ४१ दशमलब ६ डिग्री सेल्सियस पुग्यो। गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन्।
गर्मीले दैनिक ज्यालामा छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्। अहिले तातो हावा चलेको जल तथा मौसम विज्ञान कार्यालयका मौसमविद् राजीव झाले बताए। ‘केही दिनदेखि तातो हावा चलेको छ। यो लु होइन,’ उनले भने, ‘अझै केही दिनसम्म यस्तै भयो भने लु चल्न सक्छ।’
तराईमा गर्मी बढेसँगै तातो हावा चलेको छ। ‘यसले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ, जुन अति नै जोखिमयुक्त हुन्छ,’ कान्ति आरोग्य अस्पतालकी बाल रोग विशेषज्ञ डा.रोमा बोराले भनिन्, ‘यो इमर्जेन्सी कन्डिसन नै हो।