बजेटपछि झनै बढ्यो महंगी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८० ८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो।

बजेट भाषणपछिका १० दिनमा तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यही जेठ १५ गते ९बजेट भाषण भएको दिन० देखि २५ गते (बिहीवार) सम्म आलुको मूल्य १४।७८ प्रतिशतले बढेर ३९ रूपैयाँबाट ४६ पुगेको छ। यो अवधिमा गाजरको मूल्य ३४ प्रतिशतले बढेको छ।

प्रतिकिलो ७६ रूपैयाँमा बिक्री भएको गाजरको मूल्य ४० रूपैयाँले बढेर १ सय १६ पुगेको छ। यस अवधिमा प्रतिकिलो भान्टा २५ रूपैयाँ बढेर ३५, बोडी ४५ रूपैयाँबाट बढेर ७५, तितेकरेला २३ रूपैयाँबाट बढेर ४५, परबल ७५ रूपैयाँबाट बढेर ८५, घिरौंला ५५ रूपैयाँबाट बढेर ६५, हरियो फर्सी २७ रूपैयाँबाट बढेर ४६ रूपैयाँ पुगेको छ।

त्यस्तै प्रतिकिलो भिन्डीको मूल्य ६६ बाट बढेर ७५ र पालुंगो साग ९३ बाट बढेर ११६ रूपैयाँ पुगेको छ। हरियो धनियाको मूल्य किलोमा ५३ प्रतिशतसम्म बढेको छ। यसैगरी प्रतिकिलो १४० मा पाइने लसुनको मूल्य बढेर १९२ पुगेको छ। फलफूलको मूल्य पनि बढेको छ। प्रतिकिलो अनार ३१० बाट बढेर ३९०, मौसम १७० बाट बढेर १९०, एभोकाडो ४५० बाट बढेर ५५० रूपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us