काठमाडाैं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलास उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको हो ।
यसअघि आइतबार रेग्मीकै इजालसले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो । एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेपछि उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । त्यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो ।