सरकारमा जाने तयारीमा सिके

काठमाडौं । सीके राउत नेतृत्वका जनमत पार्टी सरकारमा जाने दाउ हेरेर बसेको छ । अघिल्लो गठबन्धनबाट पुस १० मा बनेको सरकारमा सहभागी उक्त दलले गठबन्धन परिर्वतनसँगै रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिए पनि अहिले पुन सरकारमा जाने दाउ हेरेर बसेको हो ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रीपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाउनु भएको थियो ।

तर, रोजेको मन्त्रालय नपाएको भन्दै सत्ता गठबन्धनको सरकारलाई दिएको समर्थन कायम राख्दै गत १७ चैत्रमा मन्त्रीबाट राजीनामा दिएर छोडेका थिए । पछिल्लो समय उक्त दलका अध्यक्ष सीके रायतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताउँदै आउनुभएको छ ।

राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताको विषयमा कुराकानी हुन नपाएको बताउँदै परिस्थिति मिले सरकारमा जान तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *