जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं। कालिकोटमा लु १ च ८४९८ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जीप शुभकालिका गाउँपालिकाको वडा नम्बर ६ चिसापानी अन्तरगत पर्ने बेहुली पानतडीस्थित चौकी बजारबाट हाउडीतर्फ जाँदै गर्दा शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरले जीवन गुमाएको कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक रिमालका अनुसार जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *