काठमाडौं । कतारच्यारिटीको आर्थिक सहयोगमा हिलनेपालद्वारा लुम्बिनीमा हेन्डपम्प वितरण गरिएको छ । आर्थिक रुपमा विपिन्न सय घरलाई उक्त पम्प वितरण गरिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकाका विपन्न र एकल महिललाई उक्त चापाकल वितरण गरिएको हो । करिब ५५ लाख बरावरको परियोजनाबाट हजारौँ व्यक्तिहरु लाभान्वित भएको हिल नेपालका सचिव रुपक दाहालले जानकारी दिए ।

लामो समयदेखि शुद्ध खानेपानीबाट वञ्चित भएका परिवारहरुले हेन्डपम्पबाट सहजै पानी खान पाएपछि खुसी व्यक्त गरेका छन् । हिल नेपालले विगतमा पनि समाजसेवाका क्षेत्रमा थुप्रै काम गर्दै आएको छ । जसका कारण मानिसको जनजीविकामा सहजता थपिएको हिल नेपालको बुझाई छ ।