काठमाडौं । सुनचाँदीको भाउ बुधबार घटेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँ थियो । महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँ रहेको चाँदी बुधबार १४ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।