ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुंगा पल्टिँदा ८३ जनाको मृत्यु

एजेन्सी । ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुंगा पल्टिँदा कम्तीमा ८३ जनाको ज्यान गएको छ । बुधबार भएको दुर्घटना लगत्तै ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ ।

दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन । जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ ।

उद्धार कार्य अझै जारी छ । डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । मंगलबार नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us