काठमाडौं । ललितपुरको लगनखेल आउँदै गरेको बस इमाडोलको बीच सडकमा पल्टिएको छ । लामाटारबाट आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारा नजिकै सडकमा पल्टिएको हो ।
दुर्घटना १९ यात्रु घाइते भएका छन् । घाइतेहरूकाे बी एण्ड डी अस्पतालमा उपचार भइरहेकाे छ ।
असिमित गतिमा रहेको बस एक्कासी रोक्न खोज्दा पल्टिएको प्रहरीको भनाइ रहेको छ । बसमा २४ यात्रु रहेकाे प्रहरीले जनाएकाे छ