काठमाडाैं । पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् ।
थाइराइडका बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो ।
विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ । डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताउनुभयो ।
बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । भर्खरै जन्मिएको बच्चामा पनि थाइराइड देखिन सक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन चिकित्सकको आग्रह छ ।
विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ । उहाँले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असरु पुर्याउने बताउनुभयो । पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो ।