एमालेले जे भन्छ सो गर्छ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तमासा र चाकडी गर्ने पार्टी नभएको दाबी गरेका छन्। शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।

‘नेकपा एमाले तमासा गर्ने पार्टी होइन। यो जे भन्छ त्यो गर्छ। गर्ने कुरा मात्र भन्छ। यो सबै नेकपा एमालेले गर्दै पनि आएको छ,’ ओलीले भने। साथै, उनले राणाशासनको बेलामा जस्तो चाकडी गर्ने प्रथा आफ्नो पार्टीमा नरहेको पनि दाबी गरे।

‘कसले कति चाकडी गर्छ भन्ने राणाशासनको चाकडीवाला पार्टी होइन। कामको मूल्याकंनबाट आएको पार्टी हो,’ ओलीले भने।सम्बोधनको क्रममा ओलीले अहिलेसम्म आफूले कुनैपनि झुटो कुरा नबोलेको जिकिर गरे। यदी आफूले बोलेको कुरा झुटो भएको भए कसैले भनेमा ती सबै विषयको जवाफ दिन तयार रहेको पनि दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us