सडकमा गोलभेँडा फालेर प्रदर्शन

काठमाडौं । उचित मूल्य नपाएको भन्दै काठमाडांैको मुख्य तरकारी तथा फलफूल बजार कालिमाटीका ब्यापारी र किसानले गोलभेँडा सडकमा फालेका छन् ।

कालिमाटीका व्यापारी र किसानले मूल्य नपाएको बताउँदै आइतबार गोलभेँडा सडकमा फालेका हुन् ।  गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएको एक किसानले जनता टेलिभिजनलाई जानकारी गराउनुभएको छ । 

भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ ।  सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ । 

समितिका अनुसार कालिमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ। भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us