देशभरि रोकियो आधीपुरुषको प्रदर्शन

काठमाडौं । हिन्दी चलचित्र ‘आदिपुरुष’को प्रदर्शन देशव्यापी रोकिएको छ । आदिपुरुष’लाई नेपाल वितरण कम्पनी वैङ्कटेस् फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । 

कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै सिनेमा हलबाट हिन्दी चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने जानकारी दिनुभएको छ । काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले ‘आदिपुरुष’ को प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै राठीले फिल्म उतार्ने निर्णय भएको बताउनुभयो । 

 काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् । चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । 

समस्या समाधानका लागि मेयर साहले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us