अमेरिकाले दियो नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य

एजेन्सी । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई  जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज (मंगलबार) भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए ।

यस्तै, सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।  त्यस्तै गजानन्द सिंहले २६ रन बनाए ।  उनले  ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार,  गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ शुरु गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *