काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरुले शंका व्यक्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदहरुले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझाव भन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने अवस्था रहेको बताएका हुन् ।
सांसदहरुले बोर्डले समितिको सुझाव भन्दा बाहिर गएर मापदण्ड पूरा नगरेका वा निष्पक्ष रुपमा लाइसेन्स वितरण नभएको शंका गर्ने ठाउँ भएको बताए । उनीहरुले बोर्डले ब्रोकरलाई धितोपत्र दलाल कारोबारको लागि मापदण्ड पूरा नगरी अनुमति पत्र दिएको पाइए कारबाहीको गर्नुपर्नु बताए ।
सांसदहरुले अर्थसमितिले विवरण माग्दा माग्दै धितोपत्र बोर्डले ब्रोकरलाई लाइसेन्स दिनु शंकाको विषय भएको बताए । उनीहरुले अर्थ समितिले विवरण माग्दा माग्दै किन ब्रोकर लाइसेन्स वितरण गरियो भन्दै प्रश्न गरे ।
समिति बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ब्रोकरहरुलाई ब्रोकर लाइसेन्स वितरण स्वच्छ र कानूनसमत निर्णयमा भए/नभएको हेर्ने अर्थ समितिको मुख्य विषय भएको बताउनुभयो । उहाँले धितोपत्र बोर्डका हेरक काम कारबाहीहरु कानूनसमवत र स्वच्छ प्रतिष्पर्धामा आधारित हुनुपर्ने बताउनुभयो ।
पौडेलले धितोपत्र बोर्ड ब्रोकरहरुलाई ब्रोकर लाइसेन्स मापदण्ड अनुसार वितरण भए÷नभएको विषयमा हेर्न बोर्ड आफैँले मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ब्रोकर लाइसेन्स योग्यता र मापदण्ड पूरा भएका सबैले पाएकी पाएनन् र मापदण्ड नपुगेकाहरुले पनि पाएकी भन्ने शंका रहेको बताउनुभयो ।
पौडेलले ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने विपक्षमा आफू र समिति नभएको बताउनुभयो । उहाँले धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरणका लागि बनाएका मापदण्डहरु राम्रो भएको भन्दै कार्यान्वयन पनि बोर्डले गराउन सक्नुपर्ने बताउनुभयो ।